मानिसको भिड, म अनि मेरा बिलिन हुन लागेका बिचारहरु

Posted on March 31, 2018
Last Edited on April 8, 2018
1 min read
Tags: poetry life

[image source: dualshockers]

The title roughly translates to The Crowd, Me and My Vanishing Thoughts.

अनजान यो समयमा
म फसिरहेको छु
शून्यताको दलदलमा
म निस्सासिरहेको छु
यी बिचारहरु भित्र
सन्तुलन गुमाइरहेको छु

यता उता
कता हो कता
मानिसको कोलाहलमा
बिचारको सागरमा
आफूलाई खोज्दै
म हिडिरहेको छु
न त समयेको कुनै दोस
न त गलत मेरा यी पाइला
न त दोसी मेरा यी आखाहरु
न त भडकिएका मेरा यी चालहरु

यता उता
कता हो कता
थाहा छैन मलाई
भउतारिदै मानिसको भिडमा
म रा मेरा बिलिन हुन लागेका यी बिचारहरु
न त छटपटिरहेका छन्
न त कालो रात्रिमा गन्तब्य बिहिन छन्
बिहिन छन् त केबल यो अनजान समाय
टुहुरा छन् त आघि लागेका बिचारहरु
सर्न नसकेका मेरा यी आधुरा सपनाहरु

यता उता
सड्यन्त्रहरु रचिदै छन्
कता हो कता
मेरा बिचहारहरु बन्धकी छन्
तर पनि निराशाले घेर्न सकेको छैन
मेरा आखाहरु फुटालिएका छन्
तर पनि सपना देख्न बन्द भएको छैन
मेरो छाती चिरिएको छ
तर पनि आशाको धुकधुकी बन्द भएको छैन
कता हो कता
मानिसको भिड सँगै
म हिडिरहेको छु
यता उता
म आनि मेरा बिलिन हुने लागेका बिचारहरु
संघर्षको चिच्चाहटमा
कतै बगिरहेका छौ

सपना त दख्ने छदै छ
आन्धकारको राके जुलुसमा
आफुलाई समहालन त छदै छ
अनजान यो समायमा

निष्कर्ष
निष्कर्ष
निष्कर्ष
सायद। हामी छौ निष्कर्ष बिहिन
गन्तव्य रहित
म अनि मेरा बिलिन हुन लागके बिचारहरु
अन्त्यको आशामा त छैन
तर पनि सुरूवातको त्यो
पहिलो पाइला सार्न खोज्दै छौ
यता उता
कतै न कतै
त मेरा सपनाले पनि उडान लेला नि?
कहिले न केहिले मेरा बिचारहरु पनि दलदलबाट निस्किएला नि?

यता उता
कता हो कता
मानिसको भिडमा
“हामी”
आर्थात् “म आनि मेरा बिलिन हुन लागेका बिचारहरु”
छुट्टै नौलो कथा भेट्टाउला नि?

[medium post: nishparadox]