पीपलको बोट

Posted on September 15, 2017

1 min read
Tags: poetry life

त्यो पीपलको बोटमुनि बसेर त्यो मानिस धुरुधुरु रुन्छ ..
त्यो पीपलको बोट को नजिकै बसेर त्यो कुकुर भुक्छ ..
तेही बोटको शितल छायामा त्यो भरिया रुन्छ …

अब के थाहा त्यो मानिसलाई , दुनियाले उसलाई बौलाहा भनेर जिस्काउछन..

अनि के थाहा त्यो कुकुरलाई कि त्यो मानिस बौलाहा हैन भनेर ??

हिजो त्यो मानिस मर्यो अरे ..
तेही मानिस जसलाई संसार ले बौलाहा भन्थे ….
संसार रोएन ..
बरु त्यो कुकुरको आखाबाट आसु झरे ….
अब त्यो कुकुरले कसलाई भुक्छ त ?

अनि त्यो भरिया को मन नि धुरु धुरु रोयो……
भरिया रोयो….
अब उसले कसलाई एक दाना अन्न खुवाउछ त्यो टनटला पुर घाम मा ??

संसार ले त्यो मृत ज्यानलाई तेही बोट मुनि गाडे
अब सायद त्यो पीपल को बोट लाई नया सक्ति प्राप्त भयो होला…
हो तेही बोट को जरा जरा मा त्यो मानिस को रगत बग्दो हो…..
हो तेही पीपलको बोट ले झन् बातावरण लाई बलियो बनौदो हो ..
तर पनि संसार कठोर रहेछ.
बोट लाई भूत लागेछ अरे….. संसार ले भन्यो

हो तेही मानिसको भूत लग्यो अरे ..
अचेतनाको मायाजालमा डुबेको त्यो संसार …
तेही पीपलको बोटलाई काट्न तत्पर …
उता त्यो कुकुर भुकी रहन्छ …
एता बन्चरोको रुवाई आइरहन्छ …
उता तेस बोट को हागामा त्यो कालो परेवा छटपटीरहन्छ…

एता त्यो भरियाको मन रोईरहन्छ ..
बोट ढल्यो…..
परेवा उड्यो …
कुकुर भुकीरयो..
भरियाको मन रोइरयो..

अखिरमा त्यो मानिस …संसार ले बौलाहा भन्थ्यो ..
आखिर छाडी गयो…..
पीपल को बोट खरानी भयो ..